एमाले केन्द्रीय कमिटीमा ओलीले विधान संशोधन प्रस्ताव पेश गर्दै, नमान्ने पोखरेल समूहको चेतावनी

एमाले केन्द्रीय कमिटीमा ओलीले विधान संशोधन प्रस्ताव पेश गर्दै, नमान्ने पोखरेल समूहको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कठमाण्डु – नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधान संशोधन प्रस्ताव पेश गर्दैछन् ।

पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन बन्दसत्रस्थल भृकुटीमण्डपमा केन्द्रीय कमिटि बैठक सुरु भएको हो ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टीको विधान संशोधनसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

यता, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले विधान संशोधन प्रस्ताव ल्याइए प्रतिवाद गर्ने चेतावनी दिएको छ । पोखरेल अध्यक्ष पदको प्रत्यासी हुन् ।

पोखरेल समूहका एक नेताले विधान संशोधनको प्रस्ताव ल्याइए प्रतिवाद गरिने बताएका छन् । ‘सचिवालय बैठकले (विधान संशोधन) नगर्ने निर्णय गरेको छ, निर्णय विपरीत प्रस्ताव आए विरोध गर्छाैं’, उनले भने ।

बैठकबाट ३०१ सदस्यीय केन्द्रीय कमिटी र १९ पदाधिकारी बनाउने गरी विधान संशोधनको विषयमा निर्णय हुन सक्ने संस्थापननिकट स्रोतको भनाइ छ । महाधिवेशन सुरु हुनुअघि बसेको सचिवालय बैठकबाट विधान संशोधन नगर्ने निर्णय गरिएको थियो ।