जनकपुरधाम – मधेस प्रदेशमा मन्त्रिपरिषद्को विस्तार तथा पुनर्गठन भएको छ ।
मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
सोमबार नियुक्त ५ जना नयाँ मन्त्रीहरूले प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।
नयाँ कार्यविभाजन अनुसार महेशप्रसाद यादवलाई अर्थ मन्त्रालय, जंगीलाल रायलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जवाहर लाल कुशवाहालाई उद्योग, ऊर्जा तथा खानेपानी मन्त्रालय, रानी कुमारी तिवारीलाई शिक्षा तथा संस्कृति मन्त्रालय, कन्हिश पटेललाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
अन्य मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री स्वयंले आफूसँगै राखेका छन् ।





प्रतिक्रिया