एमाले महाधिवेशनमा रातभर मतदान हुने, यस्तो छ संशोधित कार्यतालिका

एमाले महाधिवेशनमा रातभर मतदान हुने, यस्तो छ संशोधित कार्यतालिका


काठमाण्डु – नेकपा एमालेको महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंगलबार रातभर मतदान हुने भएको छ ।

मंगलबार साँझ ७ बजेबाट मतदान हुने गरी निर्वाचन आयोगले निर्वाचन कार्यतालिका संशोधन गरेको छ ।

मतदान बुधबार बिहान १ बजेसम्म चल्ने संशोधित सूचनामा उल्लेख छ । यसअघि मंगलबार दिउँसो १२ बजेबाट मतदान सुरु हुने कार्यतालिका थियो ।