काठमाण्डु– नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा भएको मतदान आज बिहान ७ बजे सम्पन्न भएको छ ।
निर्वाचन आयोगका अनुसार कुल २ हजार २६३ मतदातामध्ये २ हजार २२७ मत खसेको छ, जुन ९८.०४ प्रतिशत हो । ३६ जना मतदानमा अनुपस्थित रहेका छन् ।
‘नो भोट’को सदुपयोग भन्दै ति उम्मेदवारले भोट नहालेका हुन् ।
मतदानमा केन्द्रीय सदस्यका उम्मेदवार राजेन्द्र अर्यालले आफैंले भनेट हालेनन् भने अशोक केसी, ब्रिजेश गुप्ता, राजकुमार गुप्ता, दानबहादुर विक, मुकुन्द न्यौपाने, वसन्त नेम्बाङ, बालकुमार काउछा, हिरबहादुर राजवंशी, बालुका बेलबासे, गिरिराज बेलबासे, राजेश अर्याल, पोस्टकुमार नेपाल, सरस्वती गौतम, सर्वतलाल राजवंशी, प्रदीपराज प्याकुरेल, समीर नेपाल, रचना राजोपाध्य, घनश्याम कोइराला, सिर्जना नेपाली, अषिम कोइराला,दिनेश बास्तोला, मीना पोखरेल, तेजकुमार विक, पल्लबराज भट्ट, तिलक रिजाल, गोमा नेपालीलगायत उपस्थित नभएको एमाले निर्वाचन आयोगले जनाएको छ ।




प्रतिक्रिया