काठमाण्डु– नेकपा एमालेको ११औँ महाधिवेशनको मतगणना सुरु भएको छ ।
विद्युतीय भोटिङ मेसिनबाट चिप्स संकलनको काम सम्पन्न भएसँगै मतदानको मुचुल्का र प्रतिनिधिहरुको सहमतिपछि मतगणना सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ ।
बिहीबार बिहान ७ बजे मतदान सकिएको थियो । मतगणना सुरू भएको करिब तीन घन्टासम्म नतिजा आइसक्ने निर्वाचन आयोगले जानकारी छ ।
आयोगका अनुसार, सबै मतपरिणाम सार्वजनिक गर्नका लागि ३ घण्टा लाग्ने छ । जसका लागि १० वटा बुथको स्थापना गरिएको छ ।मतगणनामा दुवैतर्फका उम्मेदवारहरूको तर्फबाट ५र५ जना प्रतिनिधि राखिएको छ ।
महाधिवेशनमा कुल २,२६३ प्रतिनिधि मतदाता रहेका थिए, जसमा २,२२७ मत खसेको छ । बाँकी ३६ प्रतिनिधिले मतदानमा भाग लिएका थिएनन् ।




प्रतिक्रिया