एमाले अध्यक्षमा ओलीको ह्याट्रिक, दुई तिहाई मत ल्याएर विजयी

एमाले अध्यक्षमा ओलीको ह्याट्रिक, दुई तिहाई मत ल्याएर विजयी


काठमाण्डु– नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् ।

प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले हराउँदै ओलीले तेस्रोपटक जीत हात पारेका हुन् ।

उनले १६६३ मत प्राप्त गरे भने ईश्वर पोखरेलले ५६४ मत मात्रै ल्याउन सके। एमालेको निर्वाचन आयोगले औपचारिकरुपमा परिणाम घोषणा गर्न भने बाँकी रहेको छ ।

यसअघि नवौं र दशौं महाधिवेशनबाट पनि ओली नै अध्यक्षमा निर्वाचित भएका थिए ।