काठमाण्डु– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीसम्बन्धी असन्तुष्टि र पार्टीको प्रतिष्ठामा आँच आउने कुरा सार्वजनिक सञ्चारमाध्यममार्फत व्यक्त नगर्न केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका छन्।
शुक्रबार ११ औँ महाधिवेशनबाट निर्वाचित प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले पार्टीको प्रतिष्ठामा आँच पुग्ने कुनै पनि अभिव्यक्ति मिडियामा नदिन आग्रह गरेका हुन् ।
उनले अनुशासनमा बस्न र सामाजिक अनुशासन कायम गर्न पार्टीका नेतालाई निर्देशन दिदैं भने ‘सार्वजनिक सञ्चारमाध्यममा गएर पार्टीको सम्बन्धनमा, पार्टीको प्रतिस्ष्ठामा अलिकति पनि आँच पुग्ने खालका कुरा नआउन भन्ने म आग्रह गर्न चाहान्छु,’ उनले असन्तुष्टि भए नेतृत्वसमक्ष गर्न आग्रह गरे। ‘असन्तुष्टि नेतृत्व समक्ष व्यक्त गर्दा हुन्छ। मौखिक वा लिखिरुपमा व्यक्त गर्दा हुन्छ,’ ओलीले भने।
हलमा मोबाइल बजेपछि ओलीले निर्देशन दिँदै भने ‘केन्द्रीय कमिटी बैठकमा मोबाइल बज्न हुँदैन । कोही पनि बोल्न हुँदैन ।’




प्रतिक्रिया