एमालेको केन्द्रीय कमिटीमा नपरेकालाई सल्लाहकार बनाउने निर्णय, अर्काे बैठक पुस २६ गते बस्ने

एमालेको केन्द्रीय कमिटीमा नपरेकालाई सल्लाहकार बनाउने निर्णय, अर्काे बैठक पुस २६ गते बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको ११औं महाधिवेशनबाट बिदा भएका पदाधिकारी र केन्द्रीय सदस्यलाई समेटेर राष्ट्रिय सल्लाहकार परिषद् बनाउने निर्णय भएको छ ।

नवनिर्वाचित केन्द्रीय कमिटीको शुक्रबार बसेको पहिलो बैठकले पदाधिकारी र केन्द्रीय सदस्यबाट बिदा भएकाहरूलाई समेटेर राष्ट्रिय सल्लाहकार परिषद् गठन गरेर कामको जिम्मेवारी दिने निर्णय गरेको हो ।

केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २६, २७ र २८ काठमाण्डुमा बस्ने निर्णय गरिएको छ । बैठकले १ हप्ताभित्र संशोधित विधान र राजनीतिक प्रतिवेदनहरू प्रकाशन गर्ने निर्णय गरेको छ । विधान महाधिवेशनबाट संशोधित र राष्ट्रिय महाधिवेशनले गरेको संशोधन समेत समावेश गरी विधान सम्पादन तथा प्रकाशन गर्ने निर्णय गर्दै त्यसको जिम्मा केन्द्रीय सचिवालयलाई दिएको छ ।

केन्द्रीय कमिटी पदाधिकारी र सदस्यहरूको कार्यविभाजन गर्ने जिम्मेवारी पनि सचिवालयलाई दिएको छ । एमालेको सचिवालयमा १९ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ ।

बैठकले महाधिवेशनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ ।