काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२’ जारी गरेका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राष्ट्रपति पौडेलले निर्वाचन अध्यादेश जारी गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाका अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेका छन् ।
सरकारले संसद्को अधिवेशन चालू नरहेको अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा अध्यादेशमार्फत कानून ल्याउने संवैधानिक व्यवस्था रहेको छ । अध्यादेशले प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनसंख्याको परिवर्तित अवस्थामा समानुपातिक सिट बाँडफाँटको अनुपात निर्धारण गरेको बताइएको छ ।





प्रतिक्रिया