एमालेको नवनिर्वाचित नेतृत्वलाई पूर्वराष्ट्रपति भण्डारीले दिइन् बधाई

एमालेको नवनिर्वाचित नेतृत्वलाई पूर्वराष्ट्रपति भण्डारीले दिइन् बधाई


काठमाण्डु – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको ११औं राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीलगायत पदाधिकारी र सदस्यलाई बधाई दिएकी छिन्। बिहीबार सम्पन्न निर्वाचनमा ईश्वर पोखरेललाई पराजित गर्दै ओली अध्यक्ष निर्वाचित भएका हुन् ।

एमालेका पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीले लोकतान्त्रिक प्रतिस्पर्धाका माध्यमबाट पार्टीले नयाँ नेतृत्व चयन गर्नु आफैमा एमालेको संगठनात्मक परिपक्वता र जनताको बहुदलीय जनवाद (जबज)को जीवन्त अभ्यास भएको टिप्पणी गरेकी छिन्।
भण्डारीले बधाइ सन्देशमा लोकतान्त्रिक प्रतिस्पर्धाको माध्यमबाट पार्टीले नयाँ नेतृत्व चयन गर्नु आफैँमा एमालेको संगठनात्मक परिपक्वता र जनताको बहुदलीय जनवाद (जबज)को जीवन्त अभ्यास हो भनेकी हुन् ।

उनले जारी गरिएको वक्तव्यमा भनिएको छ, ‘यस महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले पार्टीले अवलम्बन गरेको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’को मार्गदर्शनमा आन्तरिक लोकतन्त्र, सामूहिक नेतृत्व र संगठनात्मक एकतालाई अझ सुदृढ बनाउँदै पार्टीलाई अघि बढाउने विश्वास लिएको छ।’

भण्डारीले महाधिवेशनमा विचार, निष्ठा र पद्धतिप्रति प्रतिबद्ध रहँदै प्रतिस्पर्धामा सहभागी भएका सम्पूर्ण नेता तथा कार्यकर्तालाई धन्यवाद दिएकी छन् । उनले लोकतन्त्रमा प्रतिस्पर्धा स्वाभाविक र आवश्यक प्रक्रिया भन्दै यसले संस्थालाई थप सुदृढ र जीवन्त बनाउने बताएकी छन् ।