काठमाण्डु – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले काठमाण्डुमा आयोजना गरेको एकता सन्देश सभा सुरु भएको छ ।
सभा अघि काठमाण्डुको विभिन्न स्थानबाट र्यालीहरू निस्किएका छन् । भृकुटीमण्डपमा हुन लागेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभाका लागि विभिन्न स्थानबाट र्यालीहरू सुरू भएका हुन् ।
रत्नपार्कबाट तारकेश्वर र टोखा नगरपालिका तथा नुवाकोट र रसुवाको र्याली निकालिएको छ । यस्तै बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी–मनोहरा, काठमाडौं क्षेत्र नम्बर ३, ४ र ५ को र्याली डिल्लीबजार (चारखाल) तथा काठमाडौं–१ र २, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली र रामेछापको र्याली बबरमहलबाट सुरू भएको छ ।
सभालाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम, भीम रावल लगायत नेताहरूले सम्बोधन गर्ने छन् ।
कात्तिक १९ गते तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १२ वटा वामपन्थी घटक मिलेर नेकपा बनेपछि सबै प्रदेशमा मंसिर १२ गतेदेखि एकताको सन्देश सभा गर्दै आएको छ । मंसिर २३ गते हेटौँडाका लागि तय भएको सभा हेटौँडामा घर टहरा विस्तारको चरण रहेकाले सभा काठमाण्डुमा गरिन लागिएको हो ।











प्रतिक्रिया