कांग्रेस नेता अर्जुननरसिंह केसीले निर्वाचन नलड्ने

कांग्रेस नेता अर्जुननरसिंह केसीले निर्वाचन नलड्ने


काठमाण्डु – नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आसन्न प्रतिनिधि सभा चुनाव नलड्ने घोषणा गरेका छन् ।

केसीले अघिल्लो चुनावमै अन्तिमपटक भनेर भोट मागेकाले अब चुनाव नलड्ने बताएका हुन् । केसी २०३८ सालमा राष्ट्रिय पञ्चायत सदस्य भएका थिए ।

२०३८ सालदेखि उनी नुवाकोटबाट निरन्तर चुनाव लड्दै आएका हुन् । उनी २०४३ मा चुनाव हारेपछि सोही निर्वाचनमा जिल्ला पञ्चायत सभापति भएका थिए । त्यसयताका २०४८ देखिका ६ वटा निर्वाचन लडेका केसीले ४५ वर्षपछि प्रत्यक्ष निर्वाचनको दौड छाडेका हुन् ।

नेता केसीले प्रत्यक्षतर्फ निर्वाचन नलडे पनि आफू राजनीतिबाट टाढा भने नहुने स्पष्ट पारे । ‘पार्टीभित्र पनि मेरो सम्पूर्ण एकता होस् भन्ने मेरो इच्छा हो । चुनाव नलड्नुको अर्थ म राजनीति छाड्नु होइन,’ उनले भने, राजनीतिमा त्यत्तिकै सक्रिय हुन्छु । पार्टीको केन्द्रीयस्तरदेखि हरेक कुरामा सक्रियतामा कुनै कमी आउँदैन ।’