काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टीको विस्तार अभियानलाई तीव्र बनाएका छन् ।
उज्यालो नेपाल पार्टी चितवनको जिल्ला भेलामा शनिबार सहभागी उनले समाज परिवर्तन र जनसेवाका लागि राजनीति गर्नुपर्ने बताए ।
उनले व्यक्ति र निहित स्वार्थका लागि राजनीति गर्दा समस्या हुने गरेको उल्लेख गर्दै अब समाज परिवर्तन र विकासका लागि केन्द्रीत हुनुपर्ने आवश्यकता औंल्याए । ‘कसैलाई गाली गरेर हुँदैन, आफ्नो कर्ममा लाग्नुहोस् । राजनीतिलाई आफ्नो पेशा नभई समाज सेवामा लगाउन आवश्यक छ । अबको राजनीति सेवा समर्पित हुनुपर्छ,’ उनले भने ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य डा. आशुतोष विजय पन्त, रिमा विश्वकर्मा, सीता पाण्डेले पछिल्लो राजनीतिक परिवर्तनका लागि गरेको योगदानलाई रक्षा गर्दै नयाँ शक्तिका रूपमा आफूहरू आएको बताए ।
बागमती प्रदेश संयोजक प्रवीन तामाङको अध्यक्षतामा सम्पन्न भेलाले जिल्ला नगर तथा पालिका भेलाको मिति समेत तय गरेको छ ।




प्रतिक्रिया