प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार जाँदै रवि

प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार जाँदै रवि


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्ने भएका छन् ।

प्रधानमन्त्री कार्कीलाई भेट्न उनी केहीबेरमा बालुवाटार जाने भएका छन् ।

सभापति लामिछाने र प्रधानमन्त्रीको भेटघाटको कार्यक्रम साँझ साढे ६ बजेका लागि तय भएको जनाइएको छ ।

सभापति लामिछाने अदालतको आदेशपछि थुनामुक्त भएर शनिबार काठमाण्डु पुगेका थिए । उनलाई आईतबार रास्वपा पार्टी कार्यालयमा स्वागत गरिएको छ ।