मिराज ढुङ्गाना समूहको धर्नामा प्रहरी हस्तक्षेप, निकोलस भुसालसहित ५ जना पक्राउ

मिराज ढुङ्गाना समूहको धर्नामा प्रहरी हस्तक्षेप, निकोलस भुसालसहित ५ जना पक्राउ


काठमाण्डु – मिराज ढुङ्गाना समूहले काठमाण्डुको माइतिघर मण्डलामा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रदर्शनमा निकोलस भुसालसहित ५ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । माइतीघरमा ढुङ्गाना नेतृत्वको जेनजी समूहले प्रदर्शन गरेको थियो ।

प्रदर्शनमा सहभागीहरूले सर्वपक्षीय सरकार गठन गरेपछि मात्रै चुनाव हुनुपर्ने माग गरेका छन् ।

प्रदर्शनकारीहरूले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जेनजी आन्दोलनको मर्म र युवा पुस्ताको भावना बुझ्न नसकेको आरोप लगाएका छन्। उनीहरूले १० बुँदे मागसहित सडक आन्दोलनमा उत्रिएका हुन्।