काठमाण्डु– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्ज पुगेका छन्।
सोमबार दिउँसो दुइ नेताबीच भेटवार्ता भएको हो । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर देउवा निवास पुगेका हुन्।

यसअघि मंसिर १० गते एमाले अध्यक्ष ओली पत्नी राधिका शाक्यसहित देउवालाई भेट्न गएका थिए । भदौको जेनजी आन्दोलनपछि देउवा ओली दोस्रोपटक भेट भएका हुन् ।
भेटमा देउवा पत्नी आरजु राणा देउवा पनि रहेकी छिन् ।




प्रतिक्रिया