काठमाण्डु– कांग्रेसले प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख दलका शीर्ष नेताहरूसँग संवाद गर्नुपर्ने बताएको छ ।
सोमबार सिंहदरबारमा बसेको निर्वाचन सम्बन्धी सर्वपक्षीय बैठकमा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले तत्काल प्रमुख दलका शीर्ष नेताहरूसँग संवाद गर्नुपर्ने बताएका हुन् ।
उनले राजनीतिक दल र त्यसका नेताहरूमाथि दुश्मनी साँधेर निर्वाचन सम्पन्न गराउन नसकिने भएकाले प्रधानमन्त्रीले त्यसका लागि आवश्यक वातावरण बनाउनका लागि राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्न ढिलाई गर्न नहुने बताए।
कांग्रेसले उम्मेदवार सिफारिस गरिसकेको भन्दै चुनाव फागुन २१ मै गर्न आग्रह गरे। उनले भने, ‘केही नेताहरूलाई स्थान हदको कुरा आएको छ। आम निर्वाचनमा हाम्रो संविधानले दिएको अधिकार अनुसार कुनै पनि दलको नेता वा नागरिक जहाँबाट पनि लड्न सक्छ।’
यस्तै उनले उनले भयरहित वातावरण चुनाव गराउनसक्ने सरकारले आधार दिनुपर्ने बताए। समानुपातिकतर्फको बन्द सूची बुझाउने समय थप केही थप गर्न माग गरे।




प्रतिक्रिया