पुस ९ गते भित्र सदस्यता भेरिफाई गर्न रास्वपाको आग्रह

पुस ९ गते भित्र सदस्यता भेरिफाई गर्न रास्वपाको आग्रह


काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सदस्यता भेरिफाई गर्न आग्रह गरेको छ ।

सोमबार रास्वपाको केन्द्रीय सङ्गठन विभागले पार्टीको केन्द्रीय निर्वाचन आयोगको पत्रानुसार प्रदेश समिति मार्फत सबै जिल्ला समितिहरूमा निर्देशन गरेको हो ।

पार्टीले आह्वान गरेको समानुपातिक प्रणालीतर्फको उम्मेदवार छनोटका लागि पुस १२ र १३ गते हुने प्रारम्भिक निर्वाचनमा सहभागी हुन पुस ५ गतेसम्म पार्टी सदस्यताका लागि आवेदन दिएका सबै सदस्यहरूको पुस ९ गते ५ बजे भित्र अनिवार्य भेरिफाई गर्न आग्रह गरिएको छ ।

रास्वपाले सदस्यता भेरिफाई हुन बाँकी सदस्यहरूले सम्बन्धित जिल्लाका पदाधिकारी वा सङ्गठन विभागलाई ध्यानाकर्षण गराउन समेत आग्रह गरेको छ ।