काठमाण्डु– गत शुक्रबार कारागारबाट निस्किएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक गतिविधिलाई तीब्रता दिएका छन्।
बिहीवार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले तारेखमा रिहा गर्न आदेश दिएपछि शुक्रवार रूपन्देही जिल्ला अदालतमा धरौटीको प्रक्रिया पूरा गरेर निस्किएका उनले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका थिए ।
यस्तैमा उनले काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह र लामिछानेबीच भेटवार्ता गरेका छन् ।
उनीहरुबीच सोमबार साँझ काठमाण्डुको कमलपोखरीमा रहेको रास्वपाका नेता असिम शाहको घरमा भेटवार्ता भएको हो।
सभापति लामिछाने,उपसभापति डोलप्रसाद अर्याल, बालेनबीच भेटबार्ता भएको हो ।
उनीहरूबीच राजनीतिक विषय र भावि योजनाका विषयमा दुईबीच वान टु वान वार्ता भइरहेको स्रोतले बतायो ।


प्रतिक्रिया