गोकुल बास्कोटाको व्यंग्य- चुनाव हुँदैन भन्ने, भित्रभित्रै उम्मेदवारको नाम बटुल्ने ?

गोकुल बास्कोटाको व्यंग्य- चुनाव हुँदैन भन्ने, भित्रभित्रै उम्मेदवारको नाम बटुल्ने ?


काठमाण्डु– एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले एमालेले भित्रभित्रै समानुपातिक उम्मेदवारको नाम बटुल्न थालेको बताएका छन् ।

मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले एमालेलगायत दलहरूले बाहिर चुनाव हुँदैन भन्दै भित्र समानुपातिक सदस्यको नाम बटुल्न थालेको टिप्पणी गरेका हुन् ।

भित्रभित्रै समानुपातिक उम्मेदवारको नाम कुन दलले संकलन गरे, उनले खुलाएका छैनन्। ‘चुनाब हुँदैन पनि भन्छन् दलहरू फेरि आफै खुसुखुसु समानुपातिक सदस्यको नाम पनि बटुल्दै रहेछन्। कुन पत्याउनु होरु लाखे !,’ उनले व्यंग्यात्मक शैलीमा लेखेका छन्।

कांग्रेस, नेपाली कम्युनिस्ट पार्टीसहितका कतिपय दलले घोषित रुपमै समानुपातिक उम्मेदवारको नामावली संकलन अघि बढाएका छन्।