समानुपातिक उम्मेदवार छान्न एमाले सचिवालय बैठक आह्वान

समानुपातिक उम्मेदवार छान्न एमाले सचिवालय बैठक आह्वान


काठमाण्डु – नेकपा एमालेले प्रतिनिधिसभा समानुपातिक उम्मेदवार छान्न सचिवालय बैठक बोलाएको छ ।

आईतबार बिहान ११ बजे बस्ने गरी पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बोलाइएको जनाइएको छ ।

फागुन २१ गते हुने निर्वाचनको लागि समानुपातिक उम्मेदवार १४ गतेभित्रमा बुझाउनुपर्नेछ ।