बालुवाटारमा शीर्ष नेताहरूसँग छलफलमा प्रधानमन्त्री कार्की

बालुवाटारमा शीर्ष नेताहरूसँग छलफलमा प्रधानमन्त्री कार्की


काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले ३ दलका शीर्ष नेताहरूसँग छलफल सुरु गरेकी छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आसन्न प्रतिनिधिसभा निर्वाचनबारे छलफल सुरु भएको हो ।

छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुगेका छन् ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्रीसहित ३ दलका शीर्ष नेताको भेटवार्ता शीतल निवासमा भएको थियो । त्यसैको निरन्तरता स्वरूप प्रधानमन्त्री कार्कीले शनिबार ३ दलका शीर्ष नेतासँग निर्वाचन केन्द्रित छलफल थालेकी हुन् ।