काठमाण्डु – जेनजी अगुवा सुदन गुरुङले जेनजीलाई नेतृत्व र सम्माजनक स्थानमा राख्न प्राथमिकतामा राख्ने शक्तिलाई मात्रै स्वीकार्ने टिप्पणी गरेका छन् ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एकीकृत शक्ति निर्माण गर्न बालेन्द्र शाह ‘बालेन’ र रवि लामिछानेबीच छलफल चलिरहेकै बेला उनले जेनजीलाई प्राथमिकतामा राख्नुपर्ने सन्देश दिएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यो चिसो खुट्टाको कसम ! राष्ट्रको हित र जनताको इच्छालाई सर्वोपरि मानेर सम्पूर्ण वैकल्पिक शक्तिलाई एउटै डालोमा ल्याउनका निम्ति एकीकरण अभियान चलाउँदै गर्दा हाम्रो कुनै पनि राजनैतिक दलमा संलग्नता नरहेको स्पष्ट गर्न चाहन्छु । सत्तामा रहेको शक्ति पद वा व्यक्तिगत प्रसिद्धताले हामी कहिल्यै आकर्षित वा लाभान्वित भएका छैनौं हुने पनि छैनौँ । हाम्रो दाजुभाइ र दिदीबहिनीको बलिदानमा उभिएर सत्तामा पुग्ने सपना हेर्दै गरेका सम्पूर्ण उदाउँदै गरेका विभिन्न राजनैतिक शक्तिहरूलाई स्मरण रहोस्, जेन्जीको जनादेश, साहसी जेनजी दाजुभाइ तथा दिदीबहिनीहरूलाई नेतृत्व र सम्मानजनक स्थान र सहिद तथा घाइतेका बलिदानलाई प्राथमिकतामा राख्ने शक्तिलाई मात्र हामी स्वीकार्ने छौं ।’
यसअघि बालेन र रविबिच भइरहेका भेटघाटमा सुदनले समेत सक्रियता देखाएका थिए ।




प्रतिक्रिया