काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रौतहट क्षेत्र नम्बर ३ ले आसन्न प्रतिनिधिसभा सदस्य चुनावका लागि पूर्वजिल्ला अध्यक्ष तथा विदेश विभाग सदस्य पुनम यादवसहित ४ जनाको नाम सिफारिस गरेको छ ।
पार्टीको बैठक बसेर चुनावमा उम्मेदवार छनोटका लागि पुनम यादव, धिरज पटेल, रामभरोषे राय यादव र विन्देश्वर यादवको नाम सिफारिस गरिएको छ ।
समानुपातिकतर्फ बाहिद अन्सारी, कमल यादव, रिना साह, खजान्ति महतो, लालबाबु साह र नुर जहाँ खातुनको नाम सिफारिस गरिएको छ ।




प्रतिक्रिया