काठमाण्डु – नेकपा एमालेका सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थानहद हटाउने संकेतलाई स्वागतयोग्य भनेका छन् ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भएको छलफलपछि सरकारले निर्वाचनको वातावरण बनाउन स्थानहद हटाउने संकेत गरेको हो ।
त्यसपछि शनिबार साँझ सामाजिक सञ्जाल फेसबूकमा लेख्दै सचिव बस्नेतले भनेका छन्, ‘सरकारले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थानहद हटाउने संकेत गरेको छ । मुख्य दलका अध्यक्षलाई स्थान हद लगाउनु उपयुक्त नभएको ठहर गर्दै निर्वाचनको वातावरण बनाउन लिइएको हो भने यो निर्णय स्वागतयोग्य छ ।’
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा छानबिन गर्न भन्दै आयोगले ओलीलाई काठमाण्डुबाहिर जान नमिल्ने गरी स्थानहद तोकेको छ ।




प्रतिक्रिया