बालेनसँग ७ बुँदे सम्झौतापछि रविले के भने ?

बालेनसँग ७ बुँदे सम्झौतापछि रविले के भने ?


काठमाण्डु – काठमाण्डु महानगरपालिकाका मेयर बालेन साहसँग ७ बुँदेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ‘बृहत् एकता’ भएको बताएका छन् ।

मेयर बालेन र सभापति लामिछानेबीच आइतबार बिहान ७ बुँदे सहमति भएको हो ।

सम्झौतापश्चात् लामिछनेले सहमति भनेको नेताले खोजेको जस्तो नभइ देशलाई चाहिएको जस्तो हुनुपर्ने बताएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनु पर्छ।’

सम्झौता अनुसार लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गर्ने छन् भने बालेनलाई आगामी प्रधानमन्त्रीका रूपमा अघि सार्ने छन्। सम्झौतापत्रमा रास्वपा सभापति लामिछाने र बालेन शाहले हस्ताक्षर गरेका छन्।
मेयर शाहले पनि लामिछानेसँगको फोटो शेयर गर्दै ‘शुभप्रभातु लेखेका छन् ।