काठमाण्डु– फागुनमा हुने प्रतिनिधि सभा सदस्यका निर्वाचनका लागि गोरखा-२ बाट मिलन गुरुङ (चक्रे मिलन) उम्मेदवार सिफारिस भएका छन्।
विगतमा गुण्डानाइके भनेर चर्चित चक्रेलाई नेकपा एमालेले उम्मेदवार सिफारिस गरेको हो।
उम्मेदवार सिफारिस भएपछि प्रतिक्रिया दिँदै उनले आफ्नो इच्छाभन्दा पनि जनसमुदाय र जेनजी पुस्ताको निरन्तर माग र दबाबका कारण भएको दावी गरे ।
आफू २०५० सालदेखि एमालेमा सक्रिय रहेको भन्दै उनले समाज सेवासँगै राजनीतिमा योगदान दिन खोजेको उनले बताए। ‘गोरखाली जनताले आफूलाई जिताएर संसद्मा पठाउनेमा ढुक्क रहेको छु,’ उनले भने।
आफूलाई गुण्डा आरोप लगाउने गरेकोमा पनि उनले दुखित भएको प्रतिक्रिया दिए।
यस्तै गोरखा–२ मा बाबुराम थापा र शशिकला पोखरेलको नाम पनि सिफारिस गरिएको छ ।




प्रतिक्रिया