रास्वपाको समानुपातिक सूचीबाट पछि हटिन् त्रिशला गुरुङ

रास्वपाको समानुपातिक सूचीबाट पछि हटिन् त्रिशला गुरुङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रतिनिधिसभा निर्वाचनलागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक उम्मेदवारको बन्दसूचीमा परेकी डा. त्रिशला गुरुङले उम्मेदवारीबाट पछि हटेकी छन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले समानुपातिक उम्मेदवारको बन्दसूचीबाट पछि हट्ने जानकारी दिएकी हुन् ।

‘उज्यालो नेपाल पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) बाट समानुपातिक प्रतिनिधित्वका लागि उम्मेदवारका रूपमा सिफारिस गरिनु मेरो लागि ठुलो सम्मान र जिम्मेवारीको विषय हो,उनले भनिन्,’यस अवसरका लागि पार्टी नेतृत्व, सम्बन्धित निकाय तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति म हार्दिक आभार व्यक्त गर्दछु।यद्यपि, गहन आत्ममूल्यांकन पश्चात् मैले उक्त उम्मेदवारीबाट पछि हट्ने निर्णय लिएको जानकारी गराउन चाहन्छु।’

उनले पूर्ण समर्पण गर्दै कला,स्वास्थ्य क्षेत्रमा निरन्तर रूपमा सेवा प्रदान गर्नु तथा नागरिक समाज र समुदायप्रति स्वतन्त्र हैसियतबाट योगदान पुर्‍याउने आफ्नो दृढ सङ्कल्प रहेको समेत बताइन् ।