काठमाडौँ – नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका चार निर्वाचन क्षेत्रमा चार जना नेतालाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ। एमालेले सुदूरपश्चिमका सबै १६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट गरिसकेको छ, जसअन्तर्गत अधिकांश क्षेत्रमा आन्तरिक निर्वाचनसमेत सम्पन्न भइसकेको छ।
एमाले उपमहासचिव लेखराज भट्ट कैलाली–४, पूर्वमन्त्री गणेश ठगुन्ना दार्चुला, पूर्वमन्त्री दामोदर भण्डारी बैतडी र पूर्व सांसद दीपक प्रकाश भट्ट कञ्चनपुर–३ बाट एकल सिफारिस भएका हुन्।




प्रतिक्रिया