रास्वपासँग कुलमान घिसिङको एकता भंग, आकस्मिक बैठक आह्वान

रास्वपासँग कुलमान घिसिङको एकता भंग, आकस्मिक बैठक आह्वान


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पूर्वऊर्जामन्त्री कुलमान घिसिङको एकता भंग भएको छ ।

सरकारबाट राजीनामा दिएर भागबण्डाको प्रस्तावमा छलफल गरिरहेका कुलमानको माग पूरा गर्न रास्वपा सक्षम नभएपछि एकता भंग भएको हो ।

रास्वपाको नाम परिवर्तन गर्नुपर्ने, आधा कार्यकाल प्रधानमन्त्री बनाउनुपर्ने, पार्टीको उपसभापति र महामन्त्री दिनुपर्ने अडान राखेपछि रास्वपा सभापति रवि लामिछाने र प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहले कुलमानको माग पूरा गर्न नसकिने जवाफ दिएर वार्ता टुंगिएको उच्च स्रोतले जनाएको छ ।

कुलमानले पार्टीको सिद्धान्तमा साम्यवादको अडान लिँदा पनि रास्वपा झस्किएको छ । समाजवाद र लोकतन्त्रको सिद्धान्तमा सबै सहमत भए पनि कुलमानले तत्कालीन माओवादीले भन्ने गरेको साम्यवादको माग समेत राखेपछि सहमति जुट्न नसकेको बताइएको छ ।

कुलमानसँगको एकता प्रक्रिया भंग भएपछि रास्वपाले आकस्मिक बैठक बोलाएको छ । पार्टी सभापति लामिछानेले शनिबार दिउँसो ३ बजेका लागि आकस्मिक भर्चुअल बैठक आह्वान गरेका छन् ।