कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधिहरुको नाम दर्ता धमाधम

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधिहरुको नाम दर्ता धमाधम


काठमाण्डु– नेपाली कांग्रेसको ऐतिहासिक विशेष महाधिवेशन आजदेखि काठमाण्डुको भृकुटीमण्डपमा सुरु हुँदैछ ।

महाधिवेशनमा सहभागी हुन बिहान ८ बजेबाट सुरु भएको महाधिवेशनमा प्रतिनिधिको नाम दर्ता गराउने क्रम जारी रहेको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार देशभरबाट कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन् ।

विशेष महाधिवेशनको उद्घाटन दिउँसो १ बजे हुनेछ । महाधिवेशनमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी हुने दाबी गरिएको छ ।

७ वटै प्रदेशका लागि छुट्टाछुट्टै डेस्क बनाएर दर्ता प्रक्रिया सञ्चालन गरिएको छ । महाधिवेशनमा ६० प्रतिशतभन्दा बढी प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ ।

देशभरबाट प्रतिनिधि आउने क्रम जारी रहेको र भृकुटीमण्डप क्षेत्र पूरै महाधिवेशनमय बनेको उनले बताए । शुभेच्छुक तथा कांग्रेस कार्यकर्ताहरू समेत महाधिवेशन स्थलमा भेला हुन थालेका छन् ।