काठमाण्डु– महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कांग्रेस विशेष महाधिवेशनको उद्घाटन गरेका छन्।
काठमाण्डुको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा महामन्त्रीद्वयले दीप प्रज्ज्वलनसहित बेलुन उडाएर महाधिवेशनको उद्घाटन गरेका हुन्।
कार्यक्रममा महामन्त्री फरमूल्लाह मंसुरसहित थुप्रै केन्द्रीय सदस्यहरु सहभागी छन्।

विशेष महाधिवेशनको विपक्षमा उभिएका सभापति शेरबहादुर देउवादेखि इतर पक्षका नेता डा. शेखर कोइराला निकट नेताहरू पनि पुगेका छन्।
विशेष महाधिवेशन उद्घाटन समारोहमा भाग लिनका लागि कांग्रेस सभापति शेरबहादुर देउवालाई निम्ता दिइएको थियो।
देउवा नगएपछि दुई महामन्त्रीले महाधिवेशन उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहअघि शक्ति प्रदर्शनका रूपमा र्यालीआयोजना गरिएको थियो ।











प्रतिक्रिया