शेरबहादुर दाई रोइलो छाडेर यहाँ आउनुस्,हामी विकल्प दिन्छौं : सुनिल शर्मा

शेरबहादुर दाई रोइलो छाडेर यहाँ आउनुस्,हामी विकल्प दिन्छौं : सुनिल शर्मा


काठमाण्डु– नेपाली कांग्रेसका नेता सुनिल शर्माले सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न अनुरोध गरेका छन् ।

आइतबार काठमाण्डुको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो अनुरोध गरेका हुन् ।

‘शेरबहादुर दाई तपाईं एउटा इतिहास बोकेको हाम्रो नेता हो । गाउँबाट आउनुभएको नेता हो । ८० कटिसक्नुभयो । मेरो पिताजीको उमेर समान हुनुहुन्छ, अब तपाईंलाई अब उमेरका कारण माथिबाट बोलाइराखेको बेलामा आफ्ना कार्यकता हिजो जसले तपाईंलाई सभापति बनायो, पटकपटक तपाईंहरूलाई सत्तामा पुर्‍यायो, त्यो रोइलो छाडेर भोलि बिहान हल उद्घाटन गर्ने बेलामा आउनुस् । हामी विकल्प दिन्छौं ।’

उनले विशेष महाधिवेशनको विपक्षमा रहेका केन्द्रीय सदस्यहरूलाई पनि भृकुटीमण्डपमा उपस्थित भिडले गिज्याएको टिप्पणी गरे ।