राप्रपाको पृथ्वी जयन्ती कार्यक्रममा प्रधानमन्त्री कार्की र मन्त्रीहरू सहभागी

राप्रपाको पृथ्वी जयन्ती कार्यक्रममा प्रधानमन्त्री कार्की र मन्त्रीहरू सहभागी


काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वी जयन्तीको अवसरमा भृकुटीमण्डपमा आयोजना गरेको जलपान समारोहमा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी छन् ।

आईतबार प्रधानमन्त्री कार्कीसँगै मन्त्रीहरू र विभिन्न क्षेत्रका विशिष्ट एवं सर्वसाधारणहरू सहभागी भएका छन् ।

राप्रपाले पृथ्वी जयन्तीको कार्यक्रमका लागि सबैलाई निम्ता दिएको थियो । तस्वीर: सक्षम घिमिरे/नेपाल न्यूज बैंक