कांग्रेस उम्मेदवार थापा राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित

कांग्रेस उम्मेदवार थापा राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित


काठमाण्डु – नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

राष्ट्रियसभा सदस्यका लागि कोशी प्रदेशबाट अन्य समूहमा एकल उम्मेदवारी परेपछि निर्वाचन आयोगले उनलाई आईतबार निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।

निर्वाचन अधिकृतको कार्यालय कोशी प्रदेशले आईतबार थापा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेको छ ।

अन्य समूहतर्फ रिक्त १ सदस्य पदका लागि थापाको मात्र उम्मेदवारी कायम भएपछि निर्विरोध घोषणा गरिएको छ । आयोगको सूचनामा उल्लेख छ, ‘१ जना मात्र उम्मेदवार कायम हुन आएकाले निर्विरोध निर्वाचित भएको घोषणा गर्दछु ।’