काठमाण्डु– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू पक्षका नेताहरुसँग छलफल गरेका छन् । सोमबारको छलफलमा उनले आफूले पार्टी फुट्न नदिने बताएका छन् ।
कोइरालाले आफु बिष पिएरै भएपनि पार्टीभित्रको एकता कायम गरिछाड्ने अन्तिम प्रयासमा जुटिरहेको बताए ।
उनले पार्टी जोगाएरै छोड्ने बताए। उनले भने ‘पार्टी जोगाउन कोशिस गर्दैछु। पार्टी जोगिन्छ। त्यो चिन्ता नगर्नुस्। मेरो एउटै चिन्ता पार्टी फुट्न हुँदैन, र म फुट्न दिन्नँ। समन्वय गरिकन मिलाएर लगिन्छ, एकढिक्का बनाएर लैजान्छु।’
उक्त छलफलमा कानुन व्यवसायीहरुले नेपाली कांग्रेसको विधान अनुसार बिशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्य समितिलाई मात्र भएको बताए ।
अहिले महामन्त्रीहरुले बोलाएको बिशेष महाधिवेशन वैध पनि नभएको र नेतृत्व परिवर्तन गर्न नमिल्ने बताए ।
उक्त छलफलमा सबै नेता तथा कार्यकर्ताहरुले पार्टीलाई फूटबाट जोगाउन शेखर कोइरालाले दुबै पक्षसँग सहजीकरण गरी पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरेको थिए ।
छलफलमा पार्टी उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरु बल बहादुर केसी, मिनेन्द्र रिजाल, बरिष्ठ अधिबक्ताहरु–शेरबहादुर केसी, योगेन्द्र अधिकारी, उपेन्द्रकेशरी न्यौपाने लगायतको सहभागीता रहेको थियो ।




प्रतिक्रिया