काठमाण्डु – नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् ।
विशेष महाधिवेशन प्रचार संयोजक सुवास पोखरेलले ६३ प्रतिशत हस्ताक्षर कटेको जानकारी दिए ।
सोमबार साँझ महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘आज हाम्रो चाहिँ ६.२४ प्रतिशत संख्या बढेको छ । हिजो हाम्रो २६६२ थियो । त्यसमा ६.२४ भन्दाखेरी ६३ प्रतिशत साथीहरूले आज हस्ताक्षर गरेका छन् । प्रतिनिधि अझै आउने क्रम जारी छ । हामी ७० प्रतिशत पुर्याएर देखाइदिन्छौं ।’
नेपाली कांग्रेसको विशेष महाधिवेशनको सोमबारको बन्दसत्र स्थगित भएको छ । विशेष महाधिवेशन मंगलबार बिहान ९ बजे बन्दसत्र पुन: सुरु हुने उनले बताए ।




प्रतिक्रिया