काठमाण्डु– नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले नयाँ निर्वाचन समिति गठन गरेको छ ।
मंगलबारको बन्दसत्रले सीताराम केसीको अध्यक्षतामा निर्वाचन समिति गठन गरिएको हो ।
संस्थापन र विशेष महाधिवेशन पक्षधरबिच समितिले गठन गरेर वार्ता भइरहेको बेलामा यता महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अगाडि बढाउन निर्वाचन समिति गठन गरिएको हो।
निर्वाचन समितिमा अशोक पोखरेल, गोकर्ण बन्जाडे, आरसी विमल पौडेल, रामचन्द्र गौतम सदस्य रहेका छन् ।
भृकुटीमण्डपमा महाधिवेशनको बन्दसत्र जारी छ ।




प्रतिक्रिया