काठमाण्डु– नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको भाउ बढेको छ । आज सुनको मूल्य तोलामा १ हजार ८ सय रुपैयाँले बढेको हो ।
हिजो सुन २ लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा १४५ रुपैयाँले बढेको छ । यससँगै एक तोला चाँदीको मूल्य ५ हजार ३ सय ४० रुपैयाँ पुगेको छ । सोमबार एक तोला चाँदीको मूल्य ५ हजार १ सय ९५ रुपैयाँ कायम थियो ।
सुनचाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।




प्रतिक्रिया