काठमाण्डु– नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिले मनोनयन आह्वान गरेको छ ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले सूचना जारी गरी मनोनयनको आह्वान गरेका हुन् ।
समितिले मतदाताको नामावली पनि सार्वजनिक गरेको छ ।
कांग्रेसमा महाधिवेशन प्रतिनिधिको संख्या ४७४३ हो । यीमध्ये पार्टी परित्याग गर्ने ६१ जना र मृत्यु भएका महाधिवेशन प्रतिनिधिको संख्या ४४ छ ।
समितिका अनुसार अहिले जम्मा महाधिवेशन प्रतिनिधिको संख्या ४६३८ रहेको छ ।
विशेष महाधिवेशनले एक जना सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ जना सहमहामन्त्री चयन गर्नेछ। त्यस्तै केन्द्रीय समितिको पनि निर्वाचन गर्नेछ।
कांग्रेसमा नयाँ नेतृत्व चुन्न निर्वाचन, ९ बजेदेखि मतदान सुरु (कार्यतालिका)




प्रतिक्रिया