कांग्रेसको विशेष महाधिवेशनमा मतदान भोलि, उम्मेदवारी दर्ता साढे ७ बजेसम्म

कांग्रेसको विशेष महाधिवेशनमा मतदान भोलि, उम्मेदवारी दर्ता साढे ७ बजेसम्म

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत निर्वाचन समितिले निर्वाचन कार्यतालिका संशोधन गरेको छ ।

संशोधित कार्यतालिकाअनुसार उम्मेदवारी दर्ताको समय साँझ साढे ७ बजेसम्म बढाइएको छ ।

निर्वाचन समितिका संयोजक सीताराम केसीले साँझ साढे ६ बजेदेखि साढे ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको जानकारी दिए । उम्मेदवारी दर्तामै राति हुने भएपछि अब मतदानको कार्य भोलि हुने भएको छ ।

विशेष महाधिवेशनको बन्दसत्रले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माका प्रस्तावमाथि छलफल गरिरहेको छ । ती प्रस्तावमाथि प्राप्त सुझावसहित पारित गर्ने तयारी छ ।

महाधिवेशनमा निर्वाचन प्रक्रिया अगाडि बढे पनि पार्टी विभाजन रोक्न संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरहरू निरन्तर छलफलमा रहेका छन् ।