काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनको हलबाटै अन्तिम निर्णय हुने अडान लिएका छन् ।
मंगलबार साँझ पार्टी विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले विशेष महाधिवेशनको पवित्र अभियानलाई बदनाम गर्ने षड्यन्त्र भइरहेको बताएका छन् ।
‘बाहिर केही हुँदैन, विशेष महाधिवेशनको हलबाट निर्णय हुन्छ । कहिले टिकटको हल्ला चलाइदिएको छ, कहिले केको हल्ला चलाएको छ । यत्रो जोखिम उठाएको छ, यसलाई बदनाम गर्न खोजिएको छ, टिकटको हल्ला चलाएको छ,’ उनले भने, ‘नेतृत्व फेरौं, नीति फेरौं भनेका छौं । हामी चुनाव लड्न पनि तयार छौं, नलड्न पनि तयार छौं । यसरी हलुका ढंगले नलिऊ ।’




प्रतिक्रिया