काठमाण्डु – नेपाली कांग्रेसको विधान महाधिवेशनको बन्दसत्रमा महामन्त्री गगनकुमार थापालाई पार्टी सभापतिमा बढुवा गर्ने उद्घोष गरिएको छ ।
बन्दसत्रका सभापति तारामान गुरुङले बन्दसत्र समापन सम्बोधन गर्दै विशेष महाधिवेशनको लक्ष्य रहेको खुलासा गरेका छन् ।
उनले भने, ‘हाम्रो उद्देश्य, जमर्काे, आम दाजुभाइको सरसल्लाह, के गर्ने भनेर पठाएको थियो, त्यो काम गर्न बाँकी छ, त्यो काम हो – कांग्रेसको सभापतिमा गगन थापालाई बढुवा गर्ने । हामीले इमान्दारसाथ कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता गरेर एकमोर्चाका साथ अगाडि बढ्नेछौं ।’
यसअघि बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री गगनकुमार थापाले बाहिर छलफलको हल्ला गरेर बदनाम गर्न खोजिएकाले महाधिवेशनको बन्दसत्रले नै निर्णय गर्ने बताएका थिए ।
उनले भनेका थिए, ‘बाहिर केही हुँदैन, विशेष महाधिवेशनको हलबाट निर्णय हुन्छ । कहिले टिकटको हल्ला चलाइदिएको छ, कहिले केको हल्ला चलाएको छ । यत्रो जोखिम उठाएको छ, यसलाई बदनाम गर्न खोजिएको छ, टिकटको हल्ला चलाएको छ,’ उनले भने, ‘नेतृत्व फेरौं, नीति फेरौं भनेका छौं । हामी चुनाव लड्न पनि तयार छौं, नलड्न पनि तयार छौं । यसरी हलुका ढंगले नलिऊ ।’




प्रतिक्रिया