काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोलि बुधबार बिहान ८ बजे बस्ने गरी स्थगित भएको छ ।
मंगलबार बिहान बोलाइएको बैठक सरेर साँझ साढे ७ बजे बसेर भोलि बिहानसम्मका लागि स्थगित भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार साँझ बैठक सुरु हुनासाथ उपसभापति धनराज गुरुङले विशेष महाधिवेशन पक्षधरसँग छलफल सकारात्मक रहेको र सहमतिको सम्भावना देखिएको जानकारी दिएका थिए ।
विशेष महाधिवेशन पक्षधरले निर्वाचन कार्यक्रम सार्वजनिक गरेर उम्मेदवारी दर्ता गरिरहेका छन् ।




प्रतिक्रिया