कांग्रेस विशेष महाधिवेशन : उम्मेदवारी दर्ता आज, केन्द्रीय समिति बैठक पनि बस्दै

कांग्रेस विशेष महाधिवेशन : उम्मेदवारी दर्ता आज, केन्द्रीय समिति बैठक पनि बस्दै


काठमाण्डु – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत बुधबार उम्मेदवारी मनोनयन दर्ता हुँदैछ ।

मंगलबार स्थगित भएको उम्मेदवारी मनोनयन बिहान ८ देखि ९ बजेसम्म हुने विशेष महाधिवेशन निर्वाचन समितिले जनाएको छ ।

विशेष महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मंगलबार साँझ उम्मेदवारी दर्ता खुला गरिएको थियो । तर उम्मेदवारको मनोनयन दर्ताबाहेक बाँकी तालिका बुधवारका लागि सारिएको हो ।

कांग्रेसको विशेष महाधिवेशन पुस २७ देखि काठमाण्डुको भृकुटीमण्डपमा जारी छ । पार्टीभित्रको विवादका कारण विशेष महाधिवेशन लम्बिएको हो ।

संस्थापन र विशेष महाधिवेशन पक्षधरबिच अहिलेसम्म दुई विषय मिल्न नसकेको छलफलमा सहभागी नेताहरूले बताएका छन् ।

मंगलबार साँझसम्म सञ्चालन भएको बन्दसत्रले महामन्त्री गगनकुमार थापाको समसामयिक राजनीतिक प्रतिवेदन र महामन्त्री विश्वप्रकाश शर्माको साङ्गठनिक प्रतिवेदन पारित गरेको छ ।

यस्तै नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पनि बुधबार बस्दैछ ।

मंगलबार बिहान ११ बजे, पछि दिउँसो १ बजेका लागि बोलाइएको बैठक साँझ केहीबेर बसेर बुधबार बिहान ८ बजेसम्मका लागि स्थगित भएको हो ।

विशेष महाधिवेशन पक्षधर नेताहरू बैठकमा सहभागी भएका छैनन् ।