काठमाण्डु – पार्टी फुटको संघारमा पुगेको बेला कांग्रेस सभापति शेरबहादुर देउवाले निर्णायक वार्ताका लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग निर्णायक वार्ता गर्दैछन् ।
पार्टीमा उत्पन्न जटिल परिस्थितिलाई मध्यनजर गर्दै सभापति देउवाले महामन्त्रीद्वय थापा र शर्मालाई महाराजगञ्जस्थित निवासमा बोलाएका छन् ।
प्रतिनिधिहरूबीचको छलफल निर्णयमा पुग्न नसकेपछि देउवाले दुवै महामन्त्रीलाई बोलाएर निर्णायक वार्ता गर्न लागेका हुन् ।
देउवानिवासमा महामन्त्रीद्वय अघि देउवाले संस्थापनपक्षका नेताहरू बालकृष्ण खाँण र रमेश लेखकसँग छलफल गरिरहेका छन् ।
नेताहरूका अनुसार सहमतिको अन्तिम प्रयासस्वरूप आसन्न निर्वाचनको टिकटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हस्ताक्षर रहने व्यवस्था गर्न संस्थापन पक्ष लचक हुने सम्भावना देखिएको छ।
मंगलबार दिनभर छलफल भए पनि देउवाले विशेष महाधिवेशनपक्षधरहरूको मागबमोजिम सभापति पद छोड्न तयार नभएपछि जारी विशेष महाधिवेशन निर्वाचन प्रक्रियामा उन्मुख भएको छ ।




प्रतिक्रिया