कांग्रेस विशेष महाधिवेशन : सभापतिमा गगन थापाको मात्रै उम्मेदवारी, महामन्त्रीमा शर्मा र पौडेल लड्दै

कांग्रेस विशेष महाधिवेशन : सभापतिमा गगन थापाको मात्रै उम्मेदवारी, महामन्त्रीमा शर्मा र पौडेल लड्दै


काठमाण्डु – नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा महामन्त्री गगन थापाले सभापति पदमा उम्मेदवारी दिएका छन्।

काठमाण्डुको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा थापाले मात्र सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

सभापति शेरबहादुर देउवासँग उनकै निवास महाराजगन्जमा वार्ता गरेर फर्केलगत्तै महामन्त्री थापाले सभापति पदका लागि उम्मेदवारी दिएका हुन्।

यस्तै, महामन्त्री पदका लागि दुई जनाको उम्मेदवारी परेको छ। महामन्त्री पदका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

सभापतिमा उम्मेदवारी दिन ३० हजार रूपैयाँ र महामन्त्रीका लागि २५ हजार रूपैयाँ शुल्क तोकिएको छ ।