काठमाण्डु– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सानेपामा जारी रहेको छ । बिहान ८ बजे बोलाइएको बैठक ६ घन्टापछि सुरु भएको हो ।
बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा सुरु भएको छ ।
बैठक सुरु हुनुअघि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सहमतिका लागि ८ बुँदे प्रस्ताव पठाएका थिए। शर्माले पठाएको प्रस्तावमा छलफल हुँदा पनि बैठक बस्न ढिलाइ भएको हो।




प्रतिक्रिया