गगन र विश्व पार्टीबाट निष्कासित

गगन र विश्व पार्टीबाट निष्कासित


काठमाण्डु– नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरेको छ ।

बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले थापा र शर्मालाई कारबाही गर्ने निर्णय गरेको हो । यस्तै बैठकले सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि कारबाही गरेको छ ।

बैठकले उनीहरुलाई ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको छ ।

महामन्त्रीद्वय थापा र शर्माको अगुवाइमा इतर पक्षले भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी राखेको छ ।संस्थापन पक्षीय नेताहरूसँग भएको वार्ता असफल भएपछि अन्तिम समयमा उनीहरूलाई कारबाही गर्ने निर्णय देउवा पक्षले गरेको हो ।

संस्थापन पक्षले विशेष महाधिवेशन आयोजना नभएको भन्दै निर्वाचन आयोगलाई यस सम्बन्धी कुनै दावी आएमा त्यसलाई वैधानिक नमान्न पत्र पठाएको छ ।

थापा र शर्मालाई साधारण सदस्य समेत नरहनेगरी निष्कासित गरिएको पत्र समेत आयोगमा पठाइएको छ ।