विशेष महाधिवेशनले गर्‍यो गगन–विश्वमाथिको कारवाही खारेज, नयाँ नेतृत्व नै आधिकारिक हुने

विशेष महाधिवेशनले गर्‍यो गगन–विश्वमाथिको कारवाही खारेज, नयाँ नेतृत्व नै आधिकारिक हुने


काठमाण्डु– नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीले गरेको निष्कासन विशेष महाधिवेशनको हलले खारेज गरेको छ ।

बुधबार विशेष महाधिवेशन स्थलबाट केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले वक्तव्य जारी गर्दै अनधिकृत रुपमा ५ वर्षसम्म पार्टी सदस्यबाट निष्कासित गरिएको प्रकरणलाई विशेष महाधिवेशनको हलले खारेज गरेको बताएका हुन् ।

उनले विशेष महाधिवेशनबाट अनुमोदित पार्टी नेतृत्व नै आधिकारिक हुने बताएका छन् । उनले भनेका छन् ‘कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट विगठित भइसकेको केन्द्रीय समितिको नामबाट निवर्तमान महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुला मनसुरलाई अनधिकृत रुपमा पाँच वर्षसम्म पार्टी सदस्यबाट निष्कासित गरिएको प्रकरणलाई काठमाडौँ भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको हल खारेज गर्दछ ।’विशेष महाधिवेशनबाट अनुमोदित पार्टी नेतृत्व नै आधिकारिक हो। र आधिकारिक रहनेछ।’